भोलि जेठ २० गते देखि निषेधाज्ञा खुल्ने ?
संक्रमण नियन्त्रणमा आउन नसकिरहेको बेला पुरै निषेधाज्ञा खोल्न त नसकिने भन्दै जारी निषेधाज्ञालाई खुकुलो पार्ने संकेत देखिएको छ। कोरोना रोकथामको लागि वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञा विस्तारै कडा पार्दै लगिए पनि संक्रमण अझै बढिरहेको छ। तर आर्थिक वर्ष सकिन १ महिना हाराहारी बाँकी रहँदा सरकारले केही खुकुलो पार्ने तयारी गरेको छ। **अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला** सोही विषयमा छलफल गर्न मंगलबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच छलफल भएको थियो। छलफलका क्रममा हाल भइरहेको कडाइ खुकुलो पार्ने निर्णय भएको छ। २२ गतेदेखि लागु हुनेगरी खाद्यान्न पसल खोल्न दिने र सरकारी कार्यालय सञ्चालनमा ल्याउने भन्ने विषयमा पनि छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। उनका अनुसार हाल भइरहेको नियमलाई केही सहज पारिने छ। माथिल्लो निकायबाटै निर्देशन आएकोले प्रमुख जिल्ला अधिकारीहरूबीच छलफल भएको प्रजिअ पराजुलीले बताए।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**
Comments
Post a Comment