संसद पुन:स्थापना भएपछि यो बजेट खारेज हुन्छ अनि हामी देशलाइ सुहाउने बजेट ल्याउछौ : पूर्वअर्थमन्त्री पुन
काठमाडौं : पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारले प्रस्तुत गरेको बजेट कार्यान्वयन नहुने बताएका छन्।वर्तमान कामचलाउ सरकारले पूर्णआकारको बजेट ल्याउन नपाउने उनको टिप्पणी छ।
उनले संसद पुन:स्थापना हुने र यो बजेट खारेज हुने बताए। संसद पुन:स्थापना भएपछि नयाँ सरकारले बजेट ल्याउने उनको धारणा छ। कामचलाउ सरकारले करको दायरा बढाउने र घटाउने काम गर्न नसक्ने उनको भनाइ छ।कोरोना नियन्त्रणका कार्यक्रम भने ठिक रहेको उनले बताए। यदी कथम कदाचित चुनाव भइहाले चुनावलाई प्रभावित पार्नेगरी बजेट ल्याइएको उनले टिप्पणी गरे।कोरोना भाइरसको संक्रमण दिनहुँ बढ्न थालेपछि मलेसियन सरकारले पुन: लकडाउनकाे घाेषणा गरेकाे छ।सरकारले १ जुनदेखि लागू हुनेगरि १४ दिनका लागि लकडाउन घाेषणा गरेकाे हाे।
Comments
Post a Comment